शनिबार, चैत ११, २०७९

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतमा

महोत्सवमा ५५ देशका ५०० बढी फिल्मको आवेदन प्राप्त भएको र तीमध्येबाट छानिएका ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्नेछन्।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– आगामी २ चैतदेखि छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ। बुधबार काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा महोत्सवमा प्रदर्शन हुने फिल्मको लाइनअप, जुरीलगायतबारे जानकारी गराइएको हो।

National life insurance

महोत्सवमा ५५ देशका ५०० बढी फिल्मको आवेदन प्राप्त भएको र तीमध्येबाट छानिएका ३५ देशका ९५ फिल्मले प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मलाई सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

यस पटकबाट निफका प्रतिस्पर्धी फिल्मलाई क्यूएफएक्सअन्तर्गतका हलमा प्रदर्शन गरिने भएको छ। क्यूएफएक्सका छाया सेन्टर, सिभिल मल, ललितपुरको लबिम मल र भक्तपुरका हलमा प्रतिस्पर्धी फिल्मलाई प्रदर्शन गरिनेछ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले संसारभरको संस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले आयोजित महोत्सव निरन्तरताको कामना गरे। अभिनेता तथा निर्देशक नीर शाहले बर्सेनि ३६५ बढी फिल्म प्रदर्शन हुने गरे पनि अति कम मात्र सम्झनायोग्य हुने बताए।

‘यस वर्षदेखि निफले दुई वटा आधारस्तम्भलाई जोड्न सफल भएको छ। पहिलो, क्यूएफएक्ससँगको सम्झौता र दोस्रो माया एनिमेसन एकेडेमीसँगको मित्रता,’ शाहले भने, ‘यस्तो कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ। यसका लागि बोर्डले पहल गर्नुपर्छ।’

worldlink

चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक स्याओ च्याङले निफजस्ता फेस्टिभल गर्न कडा मिहिनेत जरुरी भएको बताए। अमेरिकाको न्युयोर्क सहरका मेयरका सल्लाहकार नवराज केसीले नेपाली फिल्मसँग सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी दिए। नेपाली फिल्मको विकासमा निफको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए। महोत्सव २ देखि ६ चैतसम्म हुनेछ।

प्रकाशित: Jan 26, 2023| 12:01. 48 बिहीबार, माघ १२, २०७९

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ।