NadaNada
शुक्रबार, भदौ ६, २०८२

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ।
 |  बिहीबार, माघ १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

vianetvianet

जलेश्वर- वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ। 

पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै आजका दिन एकाबिहानै हलो र गोरुको पूजा गर्दै आएकाले आज बिहानै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका हजारौँ किसानले हलो गोरु पूजा गरिहेका जलेश्वर नगरपालिका– ८ का किसान रामबाबु चौधरीले बताए। 

आज बिहानै किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गरिरहेका छन् भने घर बाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी, माला लगाएर तीनको पूजा गरिरहेका छन्।

त्यस्तै किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलनअनुसार खेतबारी पनि जोत्नेछन्। आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने तथा बाछोबाट गोरुको रुपमा तयार भइसकेकालाई समेत आजका दिनबाटै गोरु बनाउने चलन रहेको जलेश्वर नगरपालिका–६ का किसान गणेश साहले बताए। 

किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारहरुलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्। श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर एक किसिमको कृषि प्रसाद तयार पार्दछन् भने हलो र गोरुको पूजा गरेर हलो जोतेर एक आपसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न गर्दछन्।

Metro Mart

मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती सुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आआफ्ना बाँझो खेतबारीसमेत जोत्ने कामको सुरु गर्दछन्। रासस

प्रकाशित: Jan 26, 2023| 09:06 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।