आइतबार, कात्तिक २, २०८२

एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको विदाई गरेको कलेजले जानकारी दिएको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

धनगढी- धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल  क्रिकेट लिग खेल्ने भएको छ।

Kumaribank

जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको विदाई गरेको कलेजले जानकारी दिएको हो।

एसपीए कलेजको टोलीमा बसन्त कार्की, विप्लव खड्का, निर्मल भाट, निशान रेग्मी, सागर साउद, अजयसिंह कडाल, सचिन साउद, सुर्य श्रेष्ठ, खगेन्द्र कुँवर, विशाल विष्ट, विरेन्द्र चन्द, गौरव गुरुङ, आशिष तुहार र विपिन रावल रहेका छन्। यस्तै अफिसियलमा भागीराम बखरिया, यज्ञराज जोशी र गोविन्द भट्ट रहेका छन्।

विश्वप्रसिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका १६ टोलीहरुले सहभागिता जनाउँदैछन्।

प्रकाशित खेल तालिका अनुसार एसपीए कलेजले जनवरी २७ मा उत्तराखण्डको अमिनिटी पब्लिक स्कुल, जनवरी २९ मा जिम्बाबेको लेजेन्ड कम्बाइन्ड स्कुल र जनवरी ३० मा कोलकत्ताको साउथ सिटी इन्टरनेशनल स्कुलसँग लिग चरणका खेलहरु खेल्नेछ। 

Metro Mart

लिगकम नकआउट फर्म्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा हुनेछ। प्रतियोगितामा खेल डेनाइट हुनेछ। वेस्टइण्डिजका निकोलस पुरन, भारतको यू–१९ विश्वकप विजेता टोलीका सदस्य हिमान्सु राना, यू–१९ टोलीका सदस्यहरु दिवंशु जोशी, मयंक रावत, आइपीएल टोली सनराइजर्स हैदरावादका अविशेक शर्मा, राजस्थान रोल्सका अनुज रावत, मुम्बई इण्डियन्सका विपुर कृष्णलगायतले पनि उक्त क्रिकेट लिग खेलि सकेका छन्।

प्रकाशित: Jan 25, 2023| 19:45 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।