आइतबार, चैत १९, २०७९

हिन्दूत्वको विरुद्धमा छ बलिउड?

के वास्तवमै बलिउड एन्टि हिन्दू छ? पठानलाई किन आरोप लगाइयो हिन्दू फोबिकको? विवाद सुरु भयो बेसरम गीत रिलिजसँगै। यो गीतमा दिपिका पादुकोणले अलग अलग रंगको बिकिनी लगाएकी छन्।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

शाहरुख खानको प्रतिक्षित फिल्म पठान २५ जनवरी अर्थात् आज रिलिज भएको छ। चार वर्षपछि शाहरुखको नयाँ फिल्म आएको हो। किङ खान चार वर्षपछि ठूलो पर्दामा फर्किने भएपछि फ्यानमा ठूलो क्रेज छ।

National life insurance

निर्माता आदित्य चोपडा र शाहरुख दुवैका लागि यो फिल्म खास छ। लामो समयदेखि शाहरुखको फिल्म सुपरहिट हुन सकेको छैन। आदित्यको कम्पनी यशराज फिल्म्सका चार फिल्म कोरोना महामारीपछि फ्लप भएका छन्। देशभक्तिपूर्ण फिल्मले सधैं हिन्दी बक्स अफिसमा राम्रो व्यापार गरेका छन्। पठानमा शाहरुख भारतीय गुप्तचरको भूमिकामा छन्। विवादै–विवादको घेरामा छ पठान। यो फिल्मलाई जति टार्गेट अहिलेसम्म सायदै कुनै फिल्मलाई गरिएको थियो। 

केही महिनाअघि यो फिल्मको टिजरसमेत रिलिज नहुँदै विरोध सुरु भएको थियो। दीपिका पादुकोणको बेसरम गीत सार्वजनिक भएपछि त यो विरोध उत्कर्षमा पुग्यो। ह्यासट्याट बाइकट बलिउड अभियान चलाइयो। अभियानकर्ताको आरोप छ– बलिउड फिल्म हिन्दू फोबिक छन्। अर्थात् फिल्ममा हिन्दू धर्मलाई नकारात्मक तरिकाले प्रस्तुत गरिन्छ। पूरै बलिउड हिन्दूको खिलाफ छ, हिन्दूत्वको विरुद्धमा छ। मुस्लिम क्यारेक्टरलाई राम्रो रुपमा देखाइन्छ अनि हिन्दूलाई नकारात्मक। 

त्यसो त पठान पहिलो फिल्म होइन यस्तो आरोप खेप्ने। लालसिंह चढ्डा, शमशेरा, रक्षाबन्धन, ब्रम्हास्त्र, ताण्डव, आश्रम, आर्टिकल१५, लुडो, लक्ष्मी, पीके, ओ माइ गड, केदारनाथलाई पनि यस्तै आरोप लागेको थियो। कथित हिन्दू फोबिक फिल्मको लिस्ट लामो छ। फिल्ममात्रै नभएर गीतलाई पनि हिन्दू फोबिक आरोप लगाइएको छ। 

के वास्तवमै बलिउड एन्टि हिन्दू छ? पठानलाई किन आरोप लगाइयो हिन्दू फोबिकको? विवाद सुरु भयो बेसरम गीत रिलिजसँगै। यो गीतमा दिपिका पादुकोणले अलग अलग रंगको बिकिनी लगाएकी छन्। यसमध्येको एउटा हो सुन्तला रंग। मानिसहरुलाई लाग्यो– गीतले सुन्तला रंगलाई बेसरम रंग भन्यो। सुन्तला रंग नै किन? अरु रंग देखाउन सकिँदैनथ्यो? रंग प्रयोग गर्नु ठिक छ तर त्यसलाई बेसरम किन भन्नु? 

worldlink

दुनियाँलाई थाहा छ– शाहरुख मुस्लिम हुन् र उनले हिन्दू धर्मालवम्बीसँग बिहे गरेका छन्। शाहरुख भन्छन्– मेरी श्रीमती हिन्दू हुन्, म मुस्लिम हुँ र मेरा बच्चा हिन्दूस्तान हुन्। उनी यस्ता कलाकार हुन् जो मक्का पनि जान्छन् र माता वैष्णोदेवीको पनि दर्शन गर्छन्। इद पनि मनाउँछन् र दीपावलीमा पनि सहभागी हुन्छन्। आफ्ना फिल्ममा उनले थुप्रै हिन्दू क्यारेक्टर भएर काम गरेका छन्। मुस्लिम क्यारेक्टर पनि गर्ने नै भए। 

सन् २०१५ मा शाहरुखले भनेका थिए– धार्मिक असहिष्णुता असाध्यै खराब कुरा हो। यसले देशलाई अन्धकारतिर लैजान्छ। यसलाई लिएर बीजेपीले उनलाई एन्टि हिन्दू भनिदियो। कतिपयले त उनलाई पाकिस्तानी एजेन्टको समेत आरोप लगाए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त शाहरुखलाई एकजना पाकिस्तानी आतंककारीसँग तुलना गरिदिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मका विषयलाई लिएर अनावश्यक टिप्पणी नगर्न आफ्ना नेता(कार्यकर्तालाई निर्देशन दिएपछि बल्ल विरोधका स्वर मत्थर भएका हुन्।

दुवै धर्मका अतिवादीको निशानामा पर्छन् शाहरुखजस्ता धार्मिक उदारवादी कलाकार। यस्ता थुप्रै कलाकार छन् भारतमा। सन् १९६० को एउटा धार्मिक गीत छ– मधुवनमे राधिका नाचे रे, गिरिधरका मुरली बाजे रे। चाखलाग्दो कुरा के छ भने यो गीत तीन मुस्लिमले सिर्जना गरेका हुन्। यसका गायक हुन् मोहम्मद रफी, रचनाकार शकिल बदायुनी र कम्पोजर नौशाद। गीतमा अभिनय गर्ने कलाकार हुन् दीलिप कुमार। र, उनी पनि मुस्लिम नै हुन्। वास्तवमा हिन्दूइजमलाई धेरैजसो फिल्ममा सकारात्मक तरिकाले देखाइएको छ। धर्म नै केन्द्रीय थिम रहेका थुप्रै फिल्म हिट भएका छन्। हिन्दू चाडलाई भव्य रुपमा मनाएको देखाइन्छ धेरै फिल्ममा। त्यसैगरी थुप्रै फिल्ममा इस्लामका चाडलाई पनि महत्व दिइएको छ। यस्तोमा पठानको विरोध गर्नुको कुनै तुक नरहेको फिल्म विश्लेषकहरु बताउँछन्।

प्रकाशित: Jan 25, 2023| 02:55. 45 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।