शुक्रबार, फागुन १, २०८२

ड्रागन उसु क्वानमा रोजिशलाई स्वर्ण

ड्रागन उसु क्वानका रोजिश बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमाले मंगलबार स्वर्ण जितेका छन्।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- ड्रागन उसु क्वानका रोजिश बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमाले मंगलबार स्वर्ण जितेका छन्। 

National life

निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए। स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही लामा तेश्रो भए।

कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगिताको पुरुष छुची नान छ्वानमा बुद्ध प्रकाश उसु क्वानका समिर बस्नेतले स्वर्ण, ड्रागनका पासाङ तामाङले रजत र निन्जाका रेमन ठाडा मगरले कांस्य जिते। उक्त स्पर्धाको महिलामा ड्रागनकी पूजा तामाङ पहिलो, ड्रागनकै रश्मी तामाङ दोश्रो र बुद्ध प्रकाशकी बबिता मगर तेश्रो बने।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष थाइची छ्वानमा निन्जाका लब्सन आले मगर पहिलो, बुद्ध प्रकाशका युनिप घिमिरे दोश्रो र बुद्ध प्रकाशकै प्रिन्स लामा तेस्रो भए।

सोही स्पर्धाको महिलामा काठमाडौंकी ऐश्वर्य भट्ट, पशुपति कैलाश उसु क्वानका निशुम केरुङ र बुद्ध प्रकाशका फुर्वी थिङ क्रमशः शीर्ष तीन स्थानमा रहे।

Laxmi sunrise bank

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। सान्सौंमा १८ र थाउलुमा १७ गरी कुल ३५ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक क्वानका अध्यक्ष निकेश श्रेष्ठले जनाएका छन्।

प्रकाशित: Jan 25, 2023| 08:28 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।