मंगलबार, मंसिर १९, २०८०
  • गृहपृष्ठ
  • समाज
  • मनसुनी गतिविधि सक्रिय भएसँगै कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना

मनसुनी गतिविधि सक्रिय भएसँगै कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना

देशका कही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ।
 |  बुधबार, माघ ११, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

 काठमाडौं- देशका कही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। 

sagarmatha cement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदे–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चारवटा प्रदेशमा वर्षाको सम्भावना र तीनवटा प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ। 

प्रकाशित: Jan 25, 2023| 06:46 बुधबार, माघ ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्