शुक्रबार, फागुन १, २०८२

'फाइनलमा बुद्धिमानीपूर्वक खेल्ने छु'

थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौलसमूहमा फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- थाइल्यान्डको बैंककमा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौलसमूहमा फाइनलमा पुग्दै इतिहास रचेकी नेपालकी सुष्मा तामाङले फाइनलमा बुद्धिमानीपूवर्क खेल्ने बताएकी छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अघिल्ला खेलका अनुभव र फाइनलमा उच्च प्रदर्शनका लागि शुभकामना दिन गरिएको भिडियो कलमा सुष्माले भनिन्– ‘उज्वेकिस्तानकी खेलाडी पनि म जस्तै डिफेन्सिभ र एट्याकिङ दुवै खेलछिन्। मैले उनको खेल नियालेकी छु। म पनि अगाडि बढेर बूद्धिमानीपूर्वक खेल्ने स्ट्रेटेजी बनाएकी छु।’

सदस्य–सचिव घिसिङले शुभकामना दिदै भने– ‘फाइनल पुगेकोमा सिंगो देश र म एकदमै खुशी र उत्साहित छु। खेलकुदको माध्यमबाट सिंगो देशलाई खुशी बनाएकोमा आभारी छु। राष्ट्रलाई स्वर्ण दिलाउनेमा मैले विश्वास लिएको छु। सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि मैले यस बारे जानकारी गराएको छु। उहाँ पनि निकै उत्साहित हुनुहुन्छ। फाइनलका लागि धेरै धेरै शुभकामना। म लाइभ हेरिरहेको हुने छु।’ सुष्माले बुधबार उज्वेकिस्तानकी खेलाडीसंग फाइनल खेल्ने छिन्।

प्रकाशित: Jan 24, 2023| 21:00 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।