शुक्रबार, फागुन १, २०८२

विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनलाई राखेपको स्वागत

विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई आज राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्दै बधाई दिएका छन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई आज राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्दै बधाई दिएका छन्। सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे।

National life

दुलाल र मानन्धरको जोडीले पुरुष डबल्स ४५ वर्ष माथीको समूहमा भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई फाईनलमा पराजित गर्दै स्वर्ण हासिल गरेका थिए।

यो टेबल टेनिसमा ऐतिहासिक सफलता रहेको दुलालले जानकारी गराए। च्याम्पियनसिपमा दुलाल र मानन्धरका अलावा संजय अर्याल, प्रकास बहादुर धाख्वा, निम जोशी र प्रशिक्षकमा अनिता महर्जनको समेत सहभागिता रहेको थियो।

नेपाली खेलाडीहरुको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्याल र त्यहास्थित नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

प्रकाशित: Jan 24, 2023| 20:12 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।