सोमबार, जेठ ४, २०८३

काठमाडौंदेखि चित्लाङसम्म एओजी नाइट राइड

कम्पनीका अनुसार यात्रामा राइडरहरुले विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिएका थिए।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

National life

काठमाडौं- नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ। नाइट राइडमा ३० जना राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार यात्रामा राइडरहरुले विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिएका थिए। चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै राइडरहरुले कम्पनीको तर्फबाट चित्लाङको कालीदेवी आधारभूत विद्यालयलाई अध्ययन सामग्री समेत वितरण गरेका थिए।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको जनाएको छ। यद्यपि रात्रि यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ। अपाचेका चालकहरुले अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले बताएको छ।

प्रकाशित: Jan 24, 2023| 17:55 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्