शुक्रबार, फागुन १, २०८२

टी२० लिगको स्पट फिक्सिङमा व्यवस्थापक नै संलग्नः सीआईबी

फिक्सिङमा चार जना टिम व्यवस्थापकसमेत संलग्न भएको सीआईबीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- काठमाडौंमा हालै सम्पन्न नेपाल टी२० लिग क्रिकेटमा स्पट फिक्सिङका लागि खेलाडीलाई ६ देखि १० लाख रुपैयाँसम्मको अफर गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

National life

फिक्सिङमा चार जना टिम व्यवस्थापकसमेत संलग्न भएको सीआईबीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले फिक्सिङमा १० जना संलग्न देखिएको जानकारी दिए। तर, नाम भने उनले बताएनन्। यस प्रकरणमा दुईजना खेलाडी भने पक्राउ परिसकेका छन्। पूर्व क्रिकेटर मेहबुब आलम र नेपाल टी–२० मा जनकपुर रोयल्सबाट खेलेका अलराउण्डर मोहम्मद आदिल आलम पक्राउ परेका छन्। ‘अनुसन्धान प्रभावित हुन सक्ने र पक्राउ गर्न कठिनाइ पर्न सक्ने भएकाले अरुको नाम गोप्य राखिएको हो,’ उनले भने।

फिक्सिङका लागि खेलाडीहरूलाई सामाजिक सञ्जालबाट तथा प्रत्यक्ष भेटेर अप्रोच गरिएको उनले बताए। ‘एउटा स्पट फिक्सिङमा, कुनै गेमको कुनै एउटा ओभरमा नो बल फ्याकेको वा निश्चित रन लिएको अवस्थामा ६ देखि १० लाख दिनेगरी अप्रोच आएको देखिन्छ,’ उनले भने।

स्पट फिक्सिङमा नेपाल क्रिकेट संघको भने कुनै भूमिका नदेखिएको सीईबीले बताएको छ।

Laxmi sunrise bank

प्रकाशित: Jan 24, 2023| 15:16 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।