बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

टाइगर कपमा आर्मी र एपीएफको जित

पोखरा रंगशालामा एपीएफले आफ्नो दोस्रो खेलमा आज न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराएको हो। यससँगै एपीएफले दोस्रो जित दर्ता गरेको छ।
 |  मंगलबार, माघ १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- पोखरामा जारी तेस्रो टाइगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुबन आर्मी क्लबले लगातार दोस्रो जित निकालेका छन्।

himalayan bank box

पोखरा रंगशालामा एपीएफले आफ्नो दोस्रो खेलमा आज न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराएको हो। यससँगै एपीएफले दोस्रो जित दर्ता गरेको छ।

प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा डायमन्डले पहिलो सेटमा १५ अंक पुर्‍याउँदै एपीएफले निर्धारित २५ अंक जोडेको थियो। दोस्रो सेटमा न्यु डाइमन्डले २० अंक ल्यायो भने तेस्रो तथा अन्तिम बनेको सेटमा  एपीएफले ७ अंकमै प्याक अप गरायो। यससँगै डाइमन्डले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा पनि डायमन्डले आर्मीसँग सोझो सेटमै हार बेहोरेको थियो।

त्यस्तै मंगलबार सम्पन्न महिलातर्फको दोस्रो खेलमा आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको छ। कपमा लगातार दोस्रो जितका लागि आर्मीले गण्डकीलाई २५-१०,२५-१६ र २५-१६ को सेटमा हराएको हो। गण्डकीले भने लगातार दुई हार बेहोरेको छ।


प्रकाशित: Jan 24, 2023| 14:21 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।