काठमाडौं- फ्रन्च कपअन्तर्गत सोमबार रातिको खेलमा पिएजसजीले सानदार जित निकालको छ। प्यास डि कासलेनको मैदानमा सम्पन्न खेलमा उसले ७–० को जित निकालेको हो।
खेलको २९ औं मिनेटमा पहिलो गोल गरेका युवा फरवार्ड केलियन एम्बाप्पेले नै खेलमो पाँच गोल गरे। एनले पहिलो हाफका ३४ औं र ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।
पहिलो हाफमा नेयमार जुनियरले पनि खेलको ३३औं मिनेटमा गोल गरेका थिए। यो समयमा भने पिएसजीले दुई मिनेटमा दुई गोल गरेको थियो। त्यस्तै एम्बाप्पेले बाँकी दुई गोल भने खेलको ५६ र ७९ औं मिनेटमा गरेका थिए।
खेलको ६४औं मिनेटमा सोलरले पनि गोल थपेपछि पिएसजीले जित निकालेको हो। साथै यो खेलपछि फ्रेन्च कपको राउन्ड अफ ३२ का खेल सकिएका छन्। पिएसजीले अब राउन्ड अफ १६ अन्तर्गत फेब्रुअरी ८ तारिखमा उसले मार्सेसँग प्रतिस्पर्धा गर्नेछ।