बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पल्सर स्पोर्टस अवार्ड फागुन २३ मा

२०६० सालदेखि मञ्चले निरन्तर आयोजना भइरहेको स्पोर्टस अवार्डको १९ औं संस्करण फागुनमा हुने आयोजकले आज एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
 |  सोमबार, माघ ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने  'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८' आगामी फागुन २३ गते हुने भएको छ। २०६० सालदेखि मञ्चले निरन्तर आयोजना भइरहेको स्पोर्टस अवार्डको १९ औं संस्करण फागुनमा हुने आयोजकले आज एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

himalayan bank box

'सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने अवार्ड कार्यक्रम यस वर्ष आउँदो फागुन २३ गते काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्न गइरहेको जानकारी गराउन चाहन्छौं,' आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको आयोजकले जानकारी दिएको छ। 'मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्दसँग मञ्चको सहकार्य १४ औं वर्षमा प्रवेश गरेकोमा संस्था र प्रबन्ध निर्देशक शेखर गोल्छाप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं,' मञ्चका महासचिव प्रज्ज्वल ओलि द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ।

यो संस्करणको अवार्ड मा ९ विधामा अवार्ड प्रदान गरिने छ। जसमा वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेका छन्।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ। मनोनयनका लागि मञ्चको 'खेलाडी छनोट समिति' ले आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ। मनोनयन नहुने विधाहरु लाइफटाइम स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने भएको छ ।

Metro Mart
vianet

विगतमा मञ्चले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्दै आएको थियो। यो वर्ष युवा खेलाडीले पनि मोटर साइकल पाउने भएका छन्। अन्य विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट हयाम्पर प्रदान गरिने आयोजकले बताएको छ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। त्यस्तै मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा 'खेलाडी छनोट समिति गठन गरिएको मन्चले जनाएको छ। गत वर्षको अवार्ड दशक वर्षका रुपमा मनाइएको थियो। जसमा पुरुषतर्फ क्रिकेटका पारस खड्का, महिलातर्फ फुटबलकी सावित्रा भण्डारी र प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटाले अवार्ड जितेका थिए पिपल्स च्वाइसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले जितेकी थिइन्।

त्यसैगरी स्पेशल अवार्डतर्फ डाक्टर अजय राणा र लामो दुरीकी धाविका पुष्पा भण्डारी, पारा एथलेट सम्मानमा सरिता थुलुङ, एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड कुवेतका सत्ताम अल सेल्ही र लाइफटाइम एचिभमेन्ट अवार्ड स्वर्गिय शरदचन्द्र शाहलाई प्रदान गरिएको थियो।

प्रकाशित: Jan 23, 2023| 15:07 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।