आइतबार, कात्तिक २, २०८२

यू १९ विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

अर्को महिनामा यूएईमा हुने यू१९ विश्वकपको छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार साँझ विश्वकप छनोट खेल्ने नेपाली टिमको घाषणा गरेको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- अर्को महिनामा यूएईमा हुने यू१९ विश्वकपको छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार साँझ विश्वकप छनोट खेल्ने नेपाली टिमको घाषणा गरेको हो।

Kumaribank

अघिल्लो पटक यू १९ खेलेको देव खलाना पनि यो पटकका विश्वकप छनोट खेल्ने टिममा परेका  छन्। उनले नेपाली सिनियर टिमबाट पनि खेलिसकेका छन्। त्यस्तै, सिनियर टिमबाट खेलिसकेका अर्का युवा खेलाडी गुल्सन झा पनि यू १९ टिममा परेका छन्।

उनीहरूसँगै अर्जुन कुमाल, दिपेश कँडेल, विशाल विक्रम केशीका साथै दुर्गेश गुप्ताले यसअघिको यू१९ अन्तर्गतका खेल खेलिसकेका छन्। क्यानले सर्वजनिक गरेको १४ सदस्यमध्ये बाँकी खेलाडी भने नयाँ हुन्। नयाँ खेलाडीहरुमा आकाश त्रिपाठी, दिपक बोहरा, उत्तम थापामगर, दिपक डुम्रे, हेमन्ध धामी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा मिलन बोहरा रहेका छन्।

क्यानले सुरुआति बन्द प्रशिक्षणमा २८ खेलाडी बेलाएको थियो। ति खेलाडीबाट उसले १४ खेलाडी छनोट गरेको हो। छनोट प्रतियोगिता आउँदो फेब्रुअरीको अन्तिमबाट यूएईमा हुने आईसीसी तय गरेको छ। यो छनोटमा नेपालसँगै हङकङ, कुवेत, मलेसिया र सिंगापुले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले सन् २०२४ मा हुने यू १९ विश्वकप खेल्नेछ।

प्रकाशित: Jan 23, 2023| 08:10 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।