आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिगमा आर्सनलको जित, सिटीको जितमा हाल्यान्डको ह्याट्रिक

प्रिमियर लिगमा आर्सनलको जित, सिटीको जितमा हाल्यान्डको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा लिगलिडर आर्सनलले म्यानचेस्टर युनाइटेडविरुद्ध ३–२ को जित निकालेको छ।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा लिगलिडर आर्सनलले म्यानचेस्टर युनाइटेडविरुद्ध ३–२ को जित निकालेको छ। आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले जित निकालेको हो।

Kumaribank

खेलको १७औं मिनेटमा युनाइटेडका मार्कस रासफर्डले गोल गरेका थिए। तर २४औं मिनेटमा एककेटाहाले गोल फर्काएर खेल बराबरी गरका थिए। पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा आर्सनलले दुई गोल थप्यो। ५३औं मिनेटमा आर्सनलका बुकायो साकाले बनाएको अग्रता ५९औं मिनेटमा मार्टिनेजले बराबरी गरेका थिए।

तर खेलको ९० औं मिनेटमा एनकेटाहाले विजयी गोल गर्दै आर्सनललाई जित दिलाएका थिए। यता आर्सनललाई पछ्याईरहेको म्यानचेस्टर सिटीले गएराति उल्भ्सविरुद्ध सहज जित निकालेको छ। उल्भ्सविरुद्धको ३–० को जितमा सबै गोल इर्लिङ हाल्यान्डले गरेका थिए। उनले खेलको ४०, ५० र ५४ औं मिनेटमा गोल गर्दै १४ मिनेटमै ह्याट्रिक पुरा गरेका थिए।

यो जितसँगै आर्सनलले ५० अंक पुरा गरेको छ भने दोस्रो स्थानमा रहेको सिटीले ४५ अंक बनाएर पछ्याइरहेको छ। चौथो स्थानको युनाइटेडको ३९ अंक हुँदा उल्भ्सको १७ अंक रहेको छ।

प्रकाशित: Jan 23, 2023| 07:40 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।