बुधबार, पुस २, २०८२

मंगोलियन बक्सरलाई हराउँदै सुष्मा फाइनलमा

४८ के.जी तौल समूहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै सुस्माले फाइनलमा स्थान बनाएकी हुन्।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसियन यु २२ मेन्स एण्ड उमन्स बक्सिङ्ग प्रतियोगिताको महिलातर्फ सुस्मा तामाङ फाइनलमा पुगेकी छिन्।

National life

महिला ४८ केजी तौल समूहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै सुस्माले फाइनलमा स्थान बनाएकी हुन्।

अब उनले फाईनलमा उज्वेकिस्तानका खेलाडी फोजिलोभा फरजोनासंग फाईनलमा भेट गर्ने छिन्। अर्कोतर्फ, फाइनलमा पुगेकी उज्वेक खेलाडी फोजिलोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५:० को अंकको आधारमा पराजित गरेकि छन्। 

सुस्माले जितेको उक्त पदक नेपाल बक्सिंग संघको स्थापनाकाल देखि हालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ। यस अघि नेपालले एसियनस्तरमा कास्य पदकसम्म नै सिमित रहेको थियो। सुस्मा सेमिफाइनल फाइनलमा जित निकाल्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

२०२१ मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ उमन बक्सिग च्याम्पियनशिपमा पनि सुस्माले  लिथुयानीका खेलाडीलाई पराजित गरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैठौं स्थानमा पुग्न सफल रहेकि थिइन्। 

Laxmi sunrise bank
kumari

त्यसै गरी, उमन फेदर वैट ५७ किलो तौल समुहमा आज भएको अर्को खेलमा भने नेपालका हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५:० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित रहेका छन्। यस अघि हेमा राईले सिंगापुरका खेलाडीलाई ५:० अंकको आधारमा हराउँदै सेमिफाईनलसम्मको यात्रा तय गर्न सफल रहेकि थिईन।

प्रकाशित: Jan 22, 2023| 19:17 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।