बुधबार, पुस २, २०८२

कुस्ती खेलाडीको पीडा : पदक ल्याइन्छ तर खेल्ने हल छैन

पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँघुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

महेन्द्रनगर- वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन्। केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए।

National life

पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले  विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँघुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ। पछिल्लो राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा समेत पदक विजेता यहाँका कुस्ती खेलाडीको प्रशिक्षणका लागि बनाउन सुरु गरिएको कुस्ती हल दुई वर्षदेखि अलपत्र छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले हरेक वर्ष उपलब्ध गराएको ६० लाख रुपैयाँबाट दुई वर्षअघि जग हाल्ने काम जिल्ला खेलकुद समितिले गरे पनि अहिलेसम्म निर्माण अलपत्र छ।

‘अब यो वर्षको अन्तिमतिर रकम आए त्यो हल बनाएर खेलाडीको प्रशिक्षणका लागि सहज हुने थियो भन्ने आशामा छौँ’, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, ‘खेलकुदको हल साघुँरो हुँदा जुनियर खेलाडीलाई सिनियरसित राखेर प्रशिक्षण गराउन सक्ने अवस्था छैन्।’

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ। साग प्रतियोगितामा पहिलो पटक महिलातर्फ कुस्तीमा स्वर्ण जित्ने खेलाडी सङ्गीता धामी पनि कञ्चनपुरकै हुन्।

‘आठ/दश खेलाडीभन्दा बढीलाई हलमा प्रशिक्षण गराउन सकिँदैन’, उनले भनिन्, ‘अझ गर्मी याममा त हलमा खेलाडीलाई प्रशिक्षण गराउनै हम्मेहम्मे हुन्छ।’ प्रशिक्षक चन्दले दुई वर्षअघि प्रदेशबाट आएको रकमबाट केही रकम कुस्तीको हल बनाउन जगलगायत संरचना निर्माणमा खर्चिएको बताए।

Laxmi sunrise bank
kumari

‘बीस/बाइस प्रशिक्षार्थी प्रशिक्षणका लागि आउँथे हलकै कारण समस्या हुने गरेको छ’, उनले भने, ‘खेलकुदको साँघुरो हल प्रयोग गरेको बाह्र/पन्ध्र वर्ष भइसक्यो।’ कुस्ती खेलमा सुदूरपश्चिमले आठौँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता यता खासगरी महिलातर्फ मुलुकमै उत्कृष्ठ नतिजा यहाँका खेलाडीले प्रदर्शन गर्दै आएका छन्।

‘हल सानो हुँदा म्याटको कभर ल्याएर प्रशिक्षण गराउन सकिँदैन’, प्रशिक्षक चन्दले भने, ‘बढी पदक दिलाउने खेलाडीले प्रशिक्षणका लागि हलसम्म नपाउनु दुखःद विषय हो।’ नवौँ राष्ट्रिय प्रतियोगिताका लागि महेन्द्रनगरमा प्रदेशस्तरीय कुस्ती छनोट हुँदा तेक्वान्दो हलमा गरिएको थियो।

कुस्तीमा पहिलो पटक नवौँ राष्ट्रिय प्रतियोगितामा डेब्यूमै स्वर्ण प्राप्त गरेकी हेमा भट्टले प्रशिक्षणका लागि आवश्यक कुनै संरचना नै नभएको दुःखेसो गरिन्।

‘सबैसँगै प्रशिक्षणमा जुट्यो भने हलमा समस्या नै हुन्छ’, उनले भनिन्, ‘चेञ्जिङ रुमदेखि जिम सामग्रीसम्मको अभाव छ तर हल, म्याट, जिम सामग्रीलगायत आवश्यक सामग्री र पूर्वाधार भए कुस्तीले अझ बढी फड्को मार्न सक्थ्यो।’

प्रकाशित: Jan 22, 2023| 23:00 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।