आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पिएम कपको फाइनल आजः उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्दै

पिएम कपको फाइनल आजः उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्दै

प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज इटहरीको जनतापार्कमा हुँदैछ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

इटहरी– प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज इटहरीको जनतापार्कमा हुँदैछ। दिउँसो १२ बजे सुरु हुने फाइनल खेलमा पहिलो पटक दुई प्रदेशिक टिम भिड्न लागेका हुन्।

Kumaribank

सेमीफाइनलको खेलमा हार बेहोरेपछि सँधै फाइनल पुगिरेको एपिएफ भने प्रतियोगिताबाटै बाहिरिसकेको छ। त्यसैले यो प्रधानमन्त्री कपका फेरि एक पटक प्रदेशीक टिमले उपाधि जित्ने पक्का भएको छ।

यसअघि दाङको लमहीमा भएको क्रिकेट प्रतियोगितामा पनि प्रदेश १ उपाधि जितेको थियो। यो वर्ष भने सुदूरपश्चिम उपाधि लक्ष्यका साथ प्रतियोगितामा होमिएको छ। उसले लिगको अन्तिम खेलमा बलियो प्रतिद्वन्दी सुदूरपश्चिमलाई हराएको थियो भने सेमीफाइनलमा मधेश प्रदेशलाई ११४ रनले पराजित गरेको थियो।

‘पहिलो खेलपछि राम्रो ब्याटिङ गर्दै गएका छौं। अहिले एपिएफविरुद्ध ऐतिहासिक जित निकाल्यौँ। हामीले राम्रो नै खेलेर जित निकालेको हो जस्तो लागेको छ। दुई दिन क्याम्पका बाबजुद हामीले बेस्ट दिएको जस्तो लागेको छ,’ सुदूरपश्चिमकी कविता जोशीले खेलअघि भनिन्, ‘यो वर्ष हामीले उपाधि जित्ने लक्ष्य राखेका छौं।’

खासमा सुदूरपश्चिमले प्रधानमन्त्री कप लगायत घरेलु क्रिकेट प्रतियोगितामा यसअघि नै उपाधि जित्ने क्षमता भएको टिम रहेको एपिएफकी कप्तान सिता राना मगर बताउँछिन्। उनले सेमीफाइनल खेलअघि भनेकी थिइन्, ‘मैले त दुई वर्ष अघि नै भनेको थिएँ कि सुदूरपश्चिम बेस्ट टिम हो। जहिल्यै फाइनल सम्मको दाबेदार उनीहरु हो।’

Metro Mart

यता प्रदेश १ पनि उत्तिकै बलियो रहेको छ। राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी रुविनाको कप्तानीमा रहेको प्रदेश १ पनि खेलाडी उत्पादनमा अग्रणी टिम रहेको छ। त्यसैले आजको खेलमा प्रदेश १ को लागि बलिङस मूख्य हतियार हुनेछ।

यता सुदूरपश्चिमको लागि भने ब्याटिङ मूख्य हुनेछ। सुदूरपश्चिमको टिमबाट युवा खेलाडी कविता कुँवरले ५४ बलमा ७० रन बनाएकी थिइन्। उनी मात्र होइनन हार्ड हिटर कविता जोशी र डली भटट्ट पनि सुदूरपश्चिममा रहेकी छन्। त्यस्तै राष्ट्रिय टिमकी ओपनर समेत रहेकी विन्दू रावल पनि सुदूरपश्चिमको टिममारहेका खेलाडी हुन्।

यता प्रदेश १ को खेलाडी धेरै संगठनात्मक र मेहेनेति देखिन्छन्। राष्ट्रिय टिममा प्रतिनिधित्व गरिसकेका सबनम राई, संगीता राई र एलिसा खडिया प्रतियोगिताका निकै प्रभावसाली बलरहरु हुन्। उनीहरुको सहयोगमा प्रदेश १ ले उपाधिको लक्ष्य राखेको छ।

प्रकाशित: Jan 21, 2023| 07:42 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।