काठमाडौं– थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडी पराजित भएका छन्।
प्रतियोगितामा सहभागी बनेका लालप्रसाद उप्रेती र ईन्द्रबहादुर सुनारले हार व्यहोरेका छन्। उनीहरूले प्रतियोगितामा बाई पाएर सिधै सेमीफाइनलको अवसर पाएका थिए।
पुरुषतर्फ ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका लालले फिलिपिनका बक्सर दुरेन्टमार्क लेफ्चरसँग ५–० अंकको आधारमा हार बेहोरेका थिए।
पुरुषतर्फ ५७ केजी तुला समूहमा ईन्द्र मंगोलियाका गन्तुमार लुण्डासँगै आरएसिको आधारमा दोस्रो राउण्ड हार व्यहोरे।
नेपालबाट सहभागी महिला खेलाडी सुस्मा तामाङ, हेमा राई र त्रिशा जवेगु सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।