बुधबार, पुस २, २०८२

बात्साल्या र लिटिल फ्ल्वार विजयी

धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस स्कुलले जित हात पारेका छन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

धनगढी- धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस स्कुलले जित हात पारेका छन्। 

National life

शुक्रबार भएको खेलमा बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनाएको थियो। उसका मुकेश शाहले १९, महेन्द्र विष्टले ८, निशान उपाध्यायले ९ रन जोडे।  बात्साल्याका विक्रम चन्दले ४ तथा निरज सिंह कार्कीले ३ विकेट लिए।

यस्तै जवाफी ब्याटिङमा बात्साल्यले ६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो। उसका विक्रम चन्दले २६ र रोहन दियालले ७ रनको पारी खेले। अतिरिक्त मार्फत बात्साल्याले २० रन पायो। कैलालीका मुकेश साहले ३ किवेट लिए। 

दिउँसो भएको खेलमा लिटिल फ्लवार इङ्लिस स्कुलले त्रिनगर सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको त्रिनगरले ११.६ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो। उसका प्रेम कुन्जेडाले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन। 

लिटिल फ्ल्वारका रोशन रावल र सुवोध तिवारीले समान ३–३ विकेट लिनुभयो। त्यसबाहेक सचिन भट्ट र आशिष साहुले २–२ विकेट हात पारे।

Laxmi sunrise bank
kumari

जवाफी ब्याटिङमा लिटिल फ्ल्वारले ३.२ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो। उसका आरिष बोहले ३० तथा यशकुमार कठायतले ८ रन जोड्नुभएको थियो। खेलको म्यान अफ द म्याच लिटिल फ्ल्वारका रोशन रावल भए। 

माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ। 

यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए। 

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन्। 

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो। आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ। 

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन्। 


प्रकाशित: Jan 21, 2023| 07:22 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।