बुधबार, पुस २, २०८२

टिम च्याम्पियन सोतोकान कराते टोलीलाई राखेपको सम्मान

त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव टंकलाल घिसिङले राखेपको तर्फबाट टोलीलाई सफलताका लागि बधाईसहित सम्मान गरेका हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई शुक्रबार सम्मान गरेको छ। त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव टंकलाल घिसिङले राखेपको तर्फबाट टोलीलाई सफलताका लागि बधाईसहित सम्मान गरेका हुन्।

National life

भारतको कोलकातामा पुस २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बन्न सफल भएको नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव श्याम शेर्पाले जनाएका छन्।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ राष्ट्रका करिब ७ सय खेलाडी सहभागी थिए। महासचिव शेर्पाका अनुसार बंगलादेश दोश्रो तथा भारत तेश्रो भए।

सफल महर्जन, अभिषेक थिङ तामाङ, प्रदीप राई, विप्लव खड्का, प्रशान्त घले, अभिषेक तामाङ, अतित विक, आयुश लामा, रन्जित तामाङ, सुरज सुवेदी, अनिश पौडेल, निश्चल गोले, राजवीर चौधरी, सम्योक सेन्चुरी, सन्जिव तामाङ, नैना मानन्धर, सन्जना भुजेल, प्रवीका मानन्धर, समृद्धि थापा, श्रेया तामाङ र एन्जेला डंगोलले नेपाललाई स्वर्ण दिलाए।

अदिप लिम्बू, रोचक महर्जन, निश्चल सुनुवार, मविन बुढा मगर, मनोज घलान, कृतिश मानन्धर, सुमित धिमाल, आयुशा महर्जन, निर्भाना महर्जन, विभा पौडेल, आयुष्मा विष्ट र रोजिना योञ्जनले रजत जिते। प्रतियोगितामा नेपालबाट ५७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2023| 17:28 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।