सहिद स्मारक ए डिभिजन लिगको ड्र सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज एन्फा मुख्यालयमा ड्र सार्वजनिक गरेको हो।
ड्रअनुसार पहिलो खेलमा फागुन १९ गते दिउँसो साढे ५ बजे दशरथ रंगशालामा खेल दिउँसो साढे ५ बजेबाट सुरु हुनेछ। लिगको यो उद्घाटन खेलसमेत हो। त्यस्तै, लिगको दोस्रो दिन फागुन २० गते दिउँसो च्यासल रंगशालामा नेपाल पुलिस क्लबले यो वर्ष मात्र बढुवा भएको चर्च बोइजको सामना गर्नेछ। त्यस्तै, सोहि दिनको दोस्रो खेलमा दशरथ रंगशालामा एपिएफ क्लबले थ्रिस्टारको सामना गर्नेछ। त्यस्तै, मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ।
लिगको पाँचौ्र खेलमा न्युरोड टिमले सातदोबाटो युवा क्लबको सामना गर्नेछ भने २१ गतेको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबको सामना गर्नेछ। त्यस्तै, मछिन्द्र क्लबले पनि सोहि दिन नै जावलाखेल युवा क्लबको सामना गर्नेछ।
यससँगै लिगको पहिलो चरणका खेल सकिने छन्। दोहोरो राउन्ड रोबिन शैलीमा हुने लिगको सुरुका ३५ खेलको तालिका मात्र एन्फाले अहिले सार्वजनिक गरेको छ।