आइतबार, चैत १९, २०७९

फिल्मको टिमले धरानका मेयरलाई दियो रुद्राक्षका बिरुवा

आफू अभिनित पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’को प्रमोसनका लागि त्यहाँ पुगेकी उनले साम्पाङको वृक्षरोपण अभियानमा साथ दिएकी हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

National life insurance
worldlink

काठमाडौं- कलाकार साम्राज्ञी शाहले धरानका नगर प्रमुख हर्क साम्पाङलाई एक सयवटा रुद्राक्षको बिरुवा हस्तान्तरण गरेकी छन्। आफू अभिनित पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’को प्रमोसनका लागि त्यहाँ पुगेकी उनले साम्पाङको वृक्षरोपण अभियानमा साथ दिएकी हुन्।

बिरुवा हस्तान्तरण क्रममा अभिनेता जितु नेपाल र निर्देशक कपिल रिजाल पनि उपस्थित थिए। साम्राज्ञीबाट बिरुवा ग्रहण गर्दै मेयर साम्पाङले ती सबै बिरुवा रोपेको र त्यसको नाम ‘श्रम संस्कृति पार्क-कलाकार क्षेत्र’ राखिने बताए। फिल्म निर्देशक रिजालले धरानसँग आफ्नो साइनो जोडिएको बताए। आफ्ना बुवा डा. भोला रिजाल पनि धरानमै जन्मिएको र आफू पनि हुर्किएको उनले सम्झिए। 

जितुले आफूहरु रिलको हिरो र मेयर हर्क साम्पाङ रियल हिरो भएको बताए। साम्राज्ञी र जितुको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ।

प्रकाशित: Jan 20, 2023| 04:25. 10 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।