शनिबार, पुस १२, २०८२

यस्तो छ आजको मौसम

 |  सोमबार, वैशाख २९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०८२

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

National life

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा  आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा  मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेश प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Laxmi sunrise bank
kumari

मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत  सम्भावना रहेकोले  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: May 12, 2025| 08:01 सोमबार, वैशाख २९, २०८२
प्रतिक्रिया दिनुहोस्