बुधबार, चैत २०, २०८१

जापान जाने प्रलोभनमा एकै व्यक्तिबाट ठगिए ४१ युवा

ठगिएकाहरु सबै एकअर्कासँग नातेदारभित्रका पर्छन्। झापाको कनकाईका भवानीप्रसाद अधिकारी बाहेकका सबै ठगिनेहरु राजवंशी छन्।
 |  शुक्रबार, माघ ६, २०७९
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, माघ ६, २०७९

vianetvianet

विराटनगर- झापा र मोरङका तीन दर्जन युवाबाट ३ करोडभन्दा बढी रकम लिएर मोरङका एक युवा सम्पर्कविहीन भएका छन्। सुनवर्षी-६ का अजय राजवंशीले ४१ जना युवासँग ५ देखि १८ लाख रुपैयाँसम्म उठाएर फरार भएका हुन्। 

triton college

उनले पैसा लिएका सबै युवा एकअर्कासँग नातेदारभित्रका पर्छन्। झापाको कनकाईका भवानीप्रसाद अधिकारी बाहेकका सबै ठगिनेहरु राजवंशी छन्। उनीहरु सबैका आफन्त रहेका अजय जापानमा रहेका बेला गाउँमा रहेका नाताभित्रकाहरुलाई जापानको भिसा पठाइदिने भन्दै बैंकमार्फत पैसा जम्मा गर्न लगाएका थिए। आफन्तभित्रका अजय राजवंशीले कतारमा काम गर्दै आएका हरि राजवंशीलाई जापानको भिसा पठाइदिने भन्दै पैसा जम्मा गर्न लगाएका थिए। कतारको काम छाडेर उनी नेपाल आए र जापान जानका लागि पैसा जुटाउन थाले। उनले ७ लाख रुपैयाँ बैंकमार्फत जम्मा पनि गरे।

शुरुमा ३ लाख जम्मा गरेका उनले ४ लाख अर्को चरणमा बैंकमा जम्मा गरेका थिए। हरिले भने, ‘दाइ (अजय) ले जापानको भिसा लागेको योग्यताको प्रमाणपत्र (सीओसी) आएको भन्दै थप रकम जम्मा गर्न लगाए।’ बैंकमा रकम जम्मा गरे पनि लामो समयसम्म जापान लैजाने प्रकृया सुरु नभएपछि उनले शंका लागेर सोधखोज गर्न थालेपछि योग्यताको प्रमाणपत्र नै नक्कली भएको थाहा भएपछि अजयले जापानको भिसा पठाउने भन्दै ठगेको खुलासा भएको हरिको भनाइ छ।  

जापान जानका लागि भन्दै ४१ जना युवाले अजय राजवंशी उनका भाइ चिरञ्जीवि राजवंशी, बहिनी अनुराधा राजवंशी र विद्याकुमारी राजवंशी, मिनचिरा चर्माकार, कर्णकुमार ढवाडीको नाममा रकम जम्मा गरेका थिए। करिब ३ करोड रकम उठाएर अजय जापान छाडेर नेपाल आएको अर्का पीडित झापाको कनकाईका भवानीप्रसाद अधिकारीले बताए। उनले भने, ‘नेपाल आए लगत्तैदेखि उनी सम्पर्क बाहिर छन्।’ जापान जानकै लागि बैंकबाट चर्को ब्याजदरमा ऋण लिएको उनले बताए।

भवानीले भने, ‘ऋण तिर्न पनि सक्ने अवस्था भएन, जापान पनि जान पाइएन।’ भवानी भिनाजुको घर विराटनगर १९ वैजनाथपुर आएका समयमा स्थानीय विक्रम राजवंशी मार्फत जापान जाने प्रकृयामा लागेका थिए। उनले भने,  ‘ विक्रम भिनाजुको साथी रहेछ। उसले जापानको कुरा गरे पनि भिनाजुले मलाई विराटनगर बोलाउनुभयो।’ अजयको नाममा ८ लाख जम्मा गरिसकेको उनले ऋण नै तिर्न नसक्ने अवस्थामा रहेको बताए। जापान लैजाने भन्दै ठग्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने उनको माग छ। भवानीले भने, ‘कारवाही पनि होस्, हाम्रो पैसा पनि फिर्ता होस्।’

पीडितमध्येका कटहरी गाउँपालिकाका विवेक राजवंशीले आरोपीहरुले जापानमा राम्रो रोजगारी उपलव्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाई  १८ लाख बैंकमा नगद जम्मा गर्न लगाई ठगी गरेको बताए। अजय राजवंशीबाट ठगिएकाहरुले वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन्। मोरङ प्रशासनले ठगीमा संलग्नलाई उपस्थित गराउन मोरङ प्रहरीलाई पुस २० गते पत्र पठाइएको बताएको छ।

पीडितहरुले इलाका प्रहरी प्रशासन कार्यालय रंगेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुका साथै ठगी भएको रकम उपलव्ध गराउन माग गरेका छन्। आरोपीहरु हाल घर छाडेर फरार रहेका छन्। जापान जानका लागि भन्दै ४१ युवाले गत वैशाखदेखि बैंकमार्फत रकम जम्मा गर्न सुरु गरेको बताएका छन्। 

प्रकाशित: Jan 20, 2023| 12:16 शुक्रबार, माघ ६, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।