आइतबार, कात्तिक २, २०८२

बंगलादेशमा नेपाललाई ४ स्वर्णसहित १३ पदक

नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक जितेको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र २ कांस्य गरी १३ पदक जितेको छ।

Kumaribank

बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भइ मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाइ दिए।

गणेश पाइजा, विनुमाया तामाङ, देवकुमार तामाङ र प्रेमप्रसाद नेपालले स्वर्ण जिते। विनुले थप एक रजत पनि जितिन्। राजकुमार पाइजा, लक्ष्मण पुन, विजल पाइजा, मन्दिप खड्का, श्रीकिशुन साह र समित महर्जनले रजत जिते। अमृत तामाङ र शम्भु नेपालीले कांस्य हात पारे।

प्रशिक्षकमा साइला गमाल, व्यवस्थापकमा रामकुमार थारु तथा अफिसियलमा सिताराम लामा, तेजेन्द्र पाइजा, पहलमान महर्जन र पुष्पाराज गिरी रहेका छन्।

प्रकाशित: Jan 18, 2023| 07:15 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।