बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिमको जित

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिमको जित

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ र सुदूरपश्चिमले जित निकालेका छन्। पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ रनले हराएर हो। समूह बी अन्तर्गतको आफ्नो दोस्रो खेलमा प्रदेश १ ले दोस्रो जित निकाल्ने क्रममा लुम्बिनीलाई हराएको हो।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ र सुदूरपश्चिमले जित निकालेका छन्। पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ रनले हराएर हो। समूह बी अन्तर्गतको आफ्नो दोस्रो खेलमा प्रदेश १ ले दोस्रो जित निकाल्ने क्रममा लुम्बिनीलाई हराएको हो।

National life

हुस्सुका कारण मैदान ओसिलो भएर टसमै ढिलाई भएपछि ९ ओभरमा छोट्याइएको खेलमा प्रदेश १ ले सुरुमा ब्याटिङ रोजेको थियो। उसले पुरा ओभर खेल्दै चार विकेट मात्र गुमाएर ५० रन बनायो। प्रदेश १ का ओपनर काजलले २१ र रुविना क्षेत्रीले १७ रन बनाएकी थिइन्। अप्सरी बेगमले पनि १२ रनको योगदान दिइन्।

बलिङतर्फ लुम्बिनीकी कृतिका मरासिनी, सरस्वति पुन र विभास्ना बिसीले समान १–१ विकेट गिराए। जवाफमा लुम्बिनीकी लक्ष्मी चौधरीले ३१ रन बनाउनु बाहेक बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। ९ ओभरमै सात विकेट गुमाएको लुम्बनीले ५० रन बनाउन सक्यो। प्रदेश १ की संगीता राईले तीन विकेट लिइन्।

आजै भएको दोस्रो खेलमा चाहिँ सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ। टस जितेर सुरुमा ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६० रन बनाएको थियो। त्यसक्रममा सीमा केसीले सर्वाधिक १३ रन बनाइन्।

गण्डकीलाई सस्तैमा समेट्नका लागि सुदूरपश्चिमकी मनिषा चौधरीले चार विकेट गिराइन्। जवाफमा विन्दू रावलले अविजित ४६ रन प्रहार गरेपछि सुदूरपचिमले एक विकेट गुमाएर ११ ओभरमै ६१ रनको लक्ष्य ६३ रन बनाउँदै पुरा गर्‍यो। विन्दूले ४३ बलमा आठ चौकाको सहयोगमा सो रन जोडेकी थिइन्।

Laxmi sunrise bank
kumari

बलिङमा गण्डकीकी निरुता जिटीले २ रन बनाएकी यशोदा विष्टको विकेट लिएकी थिइन्। त्यो नै गण्डकीले लिएको एकमात्र विकेट रह्यो। यो जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा विजयी सुरुआत गरेको छ। पुस मसान्तबाट इटहरी क्रिकेट मैदानमा सुरु भएको प्रधानमन्त्री कप आगमि ७ माघमा समापन हुनेछ।

प्रकाशित: Jan 16, 2023| 17:21 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।