बुधबार, पुस २, २०८२

रियललाई हराउँदै जाभीले जिते बार्सिलोनाबाट पहिलो उपाधि

प्रशिक्षक जाभीले बार्सिलोनाबाट पहिलो उपाधि जितेका छन्।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं– प्रशिक्षक जाभीले बार्सिलोनाबाट पहिलो उपाधि जितेका छन्। जाभीको टिम बार्सिलोनाले आइतबार राति सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा रियललाई ३–१ ले हराउँदै उपाधि जितेको हो।

National life

साउदी अरेबियामा भएको फाइनल खेलमा लालिगको लिगलिडरले डोमिनेट गरेको थियो। दबाब बनाएसँगै रोबर्ट लेवान्डोस्कीले मिलाइदिएको पासमा १८ वर्षे गाभीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

खेलको पहिलो हाफको केही समय मात्र बाँकी रहँदा गाभीकै पासबाट लेवान्डोस्कीले बललाई रियलको जालीसम्म पुर्याएका थिए। उनले गाभी चम्किएको खेलमा उनले दोस्रो हाफमा अर्को पनि एसिस्ट गरे। ६९औं मिनेटमा उनले गरेको एसिस्टबाट पेड्रिले गोल गरेका थिए। जाभीले गरेको गोलसँगै बार्सिलोना उपाधि नजिक पुगेको थियो।

यता खेलको इन्ज्युरी समयमा रियलका करिम बेञ्जिमाले एक गोल फर्काएकर नतिजालाई ३–१ मा कामय राखे। खेलमा थियाउट कोट्वाले खेलमा बार्सिलोनालाई जित्न नदिन निकै उत्कृष्ट बचाउ गरेका थिए। तर उनको प्रयास सफल रहेन। यससँगै बार्सिलोनाले सन् २०१८ पछि पहिलो सुपर कपको उपाधि जितेको हो।

यो जितसँगै बार्सिलोना लगातार ९ खेलसम्म अपराजित रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 16, 2023| 09:00 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।