बुधबार, पुस २, २०८२

हेल्प नेपालले जित्यो सातौं भलिबल च्याम्पियनसिपको उपाधि

त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद को कवर्ड हलमा सम्मपन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं– टिपटप हेल्प नेपाल क्लब काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुरुष तर्फ च्याम्पियन बनेको छ। त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद को कवर्ड हलमा सम्मपन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो।

National life

खेलको पहिलो सेटमा हेल्प नेपालले २५-१७ को जित निकालेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा पनि हेल्प नेपालले जित निकाल्यो। २५-२४ को अवस्थामा हेल्प नेपालका पाकिस्तानी खेलाडी मुबासर राजा ले भलिमै उत्कृष्ट प्रहार गरेर सेट कब्जा गरे।

उत्तिकै प्रतिस्पर्धात्मक तेस्रो सेटमा पनि हेल्प नेपालले २५-२३ को जित निकालेर उपाधी रक्षा गरेको हो। यस अघि भएको महिला तर्फको फाइनल खेलमा भने  नेपाल पुलिस क्लबले न्यु डायमन्ड एकेडेमीलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको थियो।

विजेता दुवै क्लबले ४ लाख पुरस्कार पाएका छन्।

प्रकाशित: Jan 15, 2023| 20:52 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।