काठमाडौं– काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा महिलातर्फ विभागीय क्लब एपिएफले अर्को विभागीय क्लब आर्मीलाई हराएको छ। तेस्रो स्थानका लागि भएको खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा हराएको हो।
खेलको सुरुआती दुई सेट जितेर एपिएफले सुरुमै २–० को अग्रता बनाएको थियो। काउन्टरमा पुलिसले २–२ को बराबरी गरेको थियो। तर फाइनल सेटमा एपिएफले १५–७ को जित निकाल्दै तेस्रो स्थान कब्जा गरेको हो।
खेलमा एफिएफले २५–१६, २५–२०, २१–२५ २१–२५ र १५–७ को जित निकालेको हो। आज बिहान नै भएको अर्को खेलमा पनि एपिएफले चौथो सेटमा जित निकालेर तेस्रो स्थान पक्का गरेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा एपिएफले पुलिसमाथि ३–१ को सेटमा जित निकालेको हो।
पहिलो सेट १५–२५ ले हार बेहोरेको एपिएफले बाँकी सेट २५–२०, २५–२३ र २५–१८ को जित निकालेको थियो।