आइतबार, कात्तिक २, २०८२

भलिबल च्याम्पियनसिपमा आज उपाधिको छिनोफानो आज हुँदै

काठमाडौंमा जारी सातौं संस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत फाइनल खेल आज दिउँसो हुँदैछ। आज आइतबार उपाधिका लागि दुई खेल र तेस्रो स्थानका लागि दुई खेल हुनेछ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं– काठमाडौंमा जारी सातौं संस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत फाइनल खेल आज दिउँसो हुँदैछ। आज आइतबार उपाधिका लागि दुई खेल र तेस्रो स्थानका लागि दुई खेल हुनेछ।

Kumaribank

आजको पहिलो खेलमा महिलातर्फ तेस्रो स्थानका लागि खेल हुनेछ। विहान १० बजेबाट हुने यो खेलमा विभागीय क्लब एफिएफले आर्मीसँग भिड्नेछ। त्यस्तै महिलातर्फको फाइनल खेल भने दिउँसो १२ बजेबाट त्रिपुरेश्वरको कभर्डहलमा हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगीताको महिलाहरुको फाइनल खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

त्यस्तै, पुरुषतर्फ तेस्रो स्थान र फाइनल खेल नि आजै हुनेछ। पुरुषतर्फ तेस्रो स्थानको खेलका लागि विहान ८ बजेबाट नेपाल पुलिस क्लब र एपिएफको प्रतिस्पर्धा भइहेको छ।

यता पुरुतर्फको उपाधिको लागि भने दिउँसो २ बजेबाट फाइनल खेल सुरु हुनेछ। फाइनल खेलमा टिपटप हेल्प नेपालले आर्मी क्लबको सामना गर्नेछ।

Metro Mart

यस्तो भएको थियो सेमीफाइनल खेल

च्याम्पियनसिपको शनिबार सम्पन्न सेमिफाईनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गर्दै महिलतर्फ डायमन्ड एकेडेमी फाईनल प्रवेश गरेको थियो। फाईनल प्रवेश गर्ने क्रममा डायमन्डले पहिलो सेट १७-२५ ले आर्मीलाई सुम्पन पुग्यो। पहिलो सेट हारेको डायमन्ड खेलमा फर्कदै लगातार तीन सेटलाई आफ्नो पक्षमा पार्दै फाईनल प्रवेश गरेको हो। डामन्डले आर्मी माथि २५-१९, २५-१६, २५-१८ को जित निकाल्न सफल भएको हो। त्यसैले उपाधी रक्षा गर्ने क्रममा डायमण्डले विभागिय टोली नेपाल पुलिसको सामना गर्ने भएको हो। एउटै समूहमा रहेको पुलिस संग समूह चरणको खेलमा डायमन्ड पराजित हुँदै उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको थियो।

यस्तै नेपाल पुलिस क्लब र साविक उपविजेता एपिएफबीच भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले निकै संघर्षपूर्ण जित निकाल्यो। पहिलो सेट २५-१५ ले जितेको पुलिस दोश्रो र तेश्रो सेट १७-२५ र २१-२५ ले गुमाउन पुग्यो। त्यस पछि आफ्नो खेलमा सुधार गर्दै पुलिस खेलमा फर्कियो। पुलिसले चौथो सेट २५-२१ ले जित्दै खेललाई २-२ को बराबरीमा ल्यायो। अन्तिम तथा निर्णायक सेटमा १५-७ ले एपिएफलाई पछाडी पार्दै पुलिस फाईनल प्रवेश गरेको हो।

नेपाल भलिबल संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भईरहेको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा साविक विजेता आर्मी क्लब फाईनल प्रवेश गरेको छ। आर्मीले फाईनल प्रवेश गर्ने क्रममा एपिएफमाथि २५-२३, २५-१७, २५-१७ को जित निकाल्दै उपाधी नजिक पुगेको हो।

पुरुषतर्फको दोश्रो खेलमा पाकिस्तानी खेलाडीले सज्जित टिपटप हेल्प नेपालले निकैनै संघर्षपूर्ण खेलमा जित निकाल्दै उपाधीका लागि आर्मीसँगको भेट पक्का गरेको हो। पहिलो सेट २५-२१ ले जितेको हेल्प नेपाल दोश्रो सेट २४-२६ ले पुलिसलाई सुम्पन पुग्यो। तेश्रो सेट पुन २५-१७ ले आफ्नो पक्षमा पार्न सफल हेल्प नेपाल चौथो सेट फेरी २०-२५ ले पुलिसलाई दिन बाध्य भयो। अन्तिम तथा निर्णायक खेलमा १५-८ को जित निकाल्दै हेल्प नेपाल फाईनल प्रवेश गर्न सफल भएको हो।

प्रकाशित: Jan 15, 2023| 09:38 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।