सोमबार, माघ ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन

जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन्।
 |  आइतबार, माघ १, २०७९

रासस

रासस

आइतबार, माघ १, २०७९

ntc landingntc landing

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन्। करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन्। करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए। केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ।

himalayan bank box

कालिजको अण्डालाई ह्यारी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए। हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उनले भने, ‘उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ।’

कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ। जसले गर्दा कालिज अर्ग्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ। प्रतिभाले कालिज दुई हजार पाँच सय र पोथी एक हजार आठ सयमा बिक्री गर्दै आएको उनले बताए। अण्डाको प्रतिक्रेट नौ सयमा बिक्री हुन्छ। उनले भने, ‘फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ।’

अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन्। ठूलो लक्ष्यका साथ काम गरिएको हुँदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए। सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ। कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।

प्रकाशित: Jan 15, 2023| 08:50 आइतबार, माघ १, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।