बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेल हुँदै

शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनल पुगेका थिए।
 |  शनिबार, पुस ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं– राजधानीमा जारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सेमिफाइनल खेल आज हुँदै छ। शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनल पुगेका थिए। च्याम्पियनसिपअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार महिलातर्फ र पुरुषतर्फका दुई–दुई सेमिफाइनल खेल हुनेछन्।

himalayan bank box

क्वार्टरफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले गण्डकीलाई सुम्पियो। तेस्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले संघर्षपूर्ण खेलमा २६–२४ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा अर्को विभागीय टोली एपिएफ पनि बागमतीको केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गर्न सफल भएको थियो। एपिएफले केशवलाललाई २५–१४, २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

यसैगरी अर्को विभागीय टोली नेपाल पुलिसले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पुलिसले भारतीय खेलाडी सम्मिलित दावाँली मिलन केन्द्रलाई २५–१६, २४–२६, २५–१९ र २५–१८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको महिलातर्फ पनि आर्मी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो। समूह ‘बी’को हिजो भएको खेलमा आर्मीले एपिएफलाई ३–२ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइलमा स्थान पक्का गरेको थियो। पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको सेनाले दोस्रो र तेस्रो सेट १९–२५, १३–२५ ले गुमाउन पुग्यो।

Metro Mart
vianet

चौथो सेट २५–२२ र पाँचौ सेट १५–५ ले जित्दै समूह विजेता बनेको हो। सोही समूहको आज भएको अर्को खेलमा गण्डकीले कृष्ण स्पोर्टस् एकेडेमीलाई २५–८, २५–१०, २५–५ ले पराजित गर्दै लिगका लागि छनोट हुन सफल भएको छ।

बिहान १० बजे सुरु भएको पहिलो सेमिफाइनल खेलमा महिलातर्फको पुलिस क्लब तथा समूह ’बी’ को उपविजेता नेपाल एपीएफ क्लबबीच खेल भइरहेको छ। दिउँसो १२ बजेबाट सुरु हुने खेलमा महिलातर्फको दोस्रो सेमिफाइनल खेल न्यु डायमण्ड एकेडेमी र  त्रिभुवन आर्मी क्लबबीच हुनेछ।

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच २ बजेबाटहुनेछ। ४ बजे पुरुषतर्फको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र हेल्प नेपालबीच हुनेछ।

प्रकाशित: Jan 14, 2023| 11:10 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।