मंगलबार, पुस १, २०८२

काठमाडौंमा हाप्किडोको अन्तराष्ट्रिय सेमिनार हुने

नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि बीचको दुई वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन। सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- फेब्रुअरी ४ र ५ मा काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ। नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि बीचको दुई वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन। सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो।

ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज, मेक्सिकन हाप्किडो फेडेरेसनका अध्यक्ष ग्रान्डमास्टर एड्रियन गेरार्डो गार्सिया टोरेस, रसियन हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर डेमिड मोमोट र हाप्किडो सिनियर मास्टर तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायतले सो सेमिनारमा प्रशिक्षण दिने छन्।

अध्यक्ष मगरले कार्यक्रमले हाप्किडा खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको बताउदै प्राविधिक जनशक्ति उत्पादन र ती जनशक्ति मार्फत नेपालको ग्रामिण क्षेत्रमा हाप्किडो खेललाई फैलाउने लक्ष्य रहेको बताए। साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बढाउन पनि यो सेमिनार सफल हुने अपेक्षा गरिएको नेपाल हाप्किडो संघको उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङले बताइन्।

प्रकाशित: Jan 14, 2023| 09:32 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।