बुधबार, मंसिर १०, २०८२

तरकारी खेतीबाट मनग्य आम्दानी

बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे।
 |  बिहीबार, पुस २८, २०७९

रासस

रासस

बिहीबार, पुस २८, २०७९

बागलुङ– बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे। उमेरले बुढ्यौली लागे पनि उनमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन। सापकोटाले व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो। उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ। 

National life

तरकारी खेतीबाट सापकोटाले लाखौं रुपैयाँको सम्पत्ति जोडिसकेका छन्। उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गरे। 

बिहानै उनी बागलुङ बजारमा तरकारी बिक्री गर्न आउँछन्। ‘मसँग पुर्ख्यौली सम्पत्ति थिएन,  वर्षौं अरुको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ’, सापकोटाले भने। 

पहिला तरकारी खेती गर्ने चलन थिएन। उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो। ‘अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ, बजारमा तरकारीको माग बढ्दै गएको छ’, उनले भने, ‘हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छु।’ तीन लाखदेखि पाँच लाखसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ।

तरकारी खेतीले सापकोटा परिवारको जीवनशैलीनै बदलिएको छ। बिहान तरकारी बेच्न बजार पुग्ने र दिउँसो साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताए। 

Laxmi sunrise bank
kumari

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय–समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताए। उनलाई नयाँ प्रविधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ। कृषि ज्ञान केन्द्रले गत वर्ष उहाँलाई रु दुई लाख अनुदानसमेत दिएको पुनले बताए।

प्रकाशित: Jan 12, 2023| 08:50 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्