सोमबार, वैशाख २९, २०८२

कमलपोखरीमा मनाइँदै भूकम्प सुरक्षा दिवस

यस वर्ष ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नारासहित भूकम्प दिवस मनाइने।
 |  बुधबार, पुस २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

vianetvianet

काठमाडौं– यस वर्षको २५औं भूकम्प सुरक्षा दिवस काठमाडौंको कमलपोखरीमा मनाइने भएको छ। आगामी २ माघमा भूकम्प सुरक्षा दिवस मनाउन काठमाडौं महानगरमा भएको छलफलमा व्यवस्थापन उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

triton college

छलफलमा नगर उपप्रमुख सुनिता डंगोलले दिवस अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले वर्षैभरि सञ्चालन गर्ने जनाउँदै विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर जानकारी दिइने बताइन्। 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मानिसले भूकम्प बिर्सिंदै गएर भवन संहिता पालनामा पनि लापर्वाही गर्न थालेको स्मरण गराए।अनधिकृत संरचना आफैं व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरिएको र अटेर गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ।  

१८ पुसमा भूकम्प सुरक्षा दिवस मूल समारोह समिति संयोजक, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले महानगरको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको थियो। त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको थियो। बैठकले यस वर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नारा तय गरेको छ। 

२ माघ १९९० को विनाशकारी भूकम्पले पु¥याएको क्षतिको सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति बेहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ। 

National life insurance

२०५५ देखि हरेक वर्ष २ माघमा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो। २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर दिवस मनाउन थालिएको हो।

प्रकाशित: Jan 11, 2023| 15:55 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।