काठमाडौं- काठमाडौंमा सम्पन्न भएको नेपाल टी–२० लिगको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी लुम्बिनी अलस्टार्सले उपाधि जितेको छ। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको फाइनल खेलमा लुम्बिनीले पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधि जितेको हो।
खेलमा उपाधिका लागि विराटनगरले १३४ रनको लक्ष्य पाएको छ। खेलमा टस जितेर पहिले ब्याटिङमा आएको लुम्बिनी अल स्टार्सले पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३३ रन बनाएको हो। यससँगै विराटनगरले १३४ रनको लक्ष्य पाएको हो।
तर लुम्बिनीका खेलाडीले विराटनगरलाई लक्ष्यमा पुग्नै दिएनन्। त्यसक्रममा लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान २–२ विकेट लिँदा समान एकएक विकेट लिनेमा किशोर महतो र विपुल शर्मा थिए। अमर रौटेला र हुसैन तलात रनआउट भए। यससँगै विराटनगर पुरा २० ओभर खेल्दै आठ विकेट गुमाएर १०९ रनमा समेटियो।
विराटनगरको जवाफी पारीमा ओपनर गैरावन्सु शर्मालाई सागर ढकालले तेस्रो ओभरमै आउट गराए। त्यसपछि मैदान पसेका रोहित पौडेल भने गोल्डेन डगआउट भए। उनलार्य विपुल शर्माले मिलन्थाको हातबाट क्याचआउट गराएका थिए।
चौथो नम्बका हुसैन तलातले १३, पाँचौ नम्बरका राज नन्ननले छ रन बनाउँदा सातौं नम्बरका विवेक यादव छ रनमै पेविलियन फर्किए। केही समय पीचमा टिकेका पृथु वास्कोटाले भने २९ बलमा तीन बाउन्ड्रिका साथ ३१ रन बनाएका थिए। उनलाई अर्मित सिंहले बोल्ड गरे।
अन्तिम ओभरमा विराटनगरलाई ३९ रन आवश्यक थियो। तर खेलको १३ ओभर सकिँदा सम्म ६६ रन बनाएर लक्ष्य भेट्टाउने अवस्थामा थियो विराटनगर। तर, त्यसपछि विराटनगरले लगातार विकेट गुमाइ रह्यो।
पहिलो पारीमा लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रन बनाएका थिए। २८ बल खेलेका उनले तीन छक्का र तीन चौकाको सहयोगमा ४१ रन बनाएका हुन्। अर्का ओपनर अर्मित सिंहले आउट हुनुअघि तीन चौका र दुई छक्काको सहयोगमा ३० रन बनाएका थिए।
६४ रनको साझेदारी गर्दै पहिलो विकेटका रुपमा हरमितलाई कियोन जोशेपले रोहित पौडेलको हातबाट क्याच गराएका थिए। कप्तान एक ओभर बलिङ गरेका कप्तान पौडेलले मिलान्थालाई दशौं ओभरको तेस्रो बलमा नन्दन यादवको हातबाट क्याटआउट गराएका थिए।
तेस्रो नम्बरमा मैदान पसेका कुशल भुर्तेल तेस्रो बलमै डगआउट फर्किए भने कप्तान दिपेन्द्र सिंह ऐरीले चाहिँ २० रन मात्र बनाउन सके। लुम्बिनीलाई रन चाहिएका अवस्थामा मैदान पसेका ऐरीलाई राज नन्ननले गैरवान्स शर्माको हातबाट क्याचआउट गराएका थिए।
यता १८ रन बनाएका इशान पाण्डेलाई भने नन्नले बोल्ड आउट गराए। त्यसपछि लुम्बिनी अलस्टार्स निकै कमजोर बनिसकेको थियो। १६ ओभर दुई बलमा इशान, १७ ओभर एक बलमा बिपुल शर्मा, त्यहि ओभरको अन्तिम बलमा गुल्सन झाका साथै १८ ओभर एक बलमा शाड्ली भान स्चलवक पनि आउट भएका थिए। उनीहरुले क्रमशः १८, ५, ३ र १ रन बनाएका थिए। यससँगै लुम्बिनीले लगातार सात बलमा तीन विकेट गुमाउन पुगेको थियो। अन्तिममा नन्दन यादव र अनिल शाह रनआउट बन्न पुगे। त्यसअघि अनिलले चार बलमा ८ रन बनाएका थिए।
यससँगै लुम्बिनीले कमजोर सावित भयो र १३४ रन मात्र बनाउन सक्यो। कसिलो बलिङ गरेको विराटनगरका नन्दन र राजले समान दुई/दुई विकेट लिए भने हुसैन तलात, जोशेप, सूर्य तामाङ र रोहितले समान एक/एक विकेट लिएका थिए।