शनिबार, कात्तिक १, २०८२

उपाधिका जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

खेलमा टस जितेर पहिले ब्याटिङमा आएको लुम्बिनी अल स्टार्सले पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३३ रन बनाएको हो। यससँगै विराटनगरले १३४ रनको लक्ष्य पाएको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं- काठमाडौंमा जारी नेपाल टी-२० लिगको फाइनल खेलमा उपाधिका लागि विराटनगरले १३४ रनको लक्ष्य पाएको छ। खेलमा टस जितेर पहिले ब्याटिङमा आएको लुम्बिनी अल स्टार्सले पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३३ रन बनाएको हो। यससँगै विराटनगरले १३४ रनको लक्ष्य पाएको हो।

Kumaribank

खेलमा लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रन बनाएका थिए। २८ बल खेलेका उनले तीन छक्का र तीन चौकाको सहयोगमा ४१ रन बनाएका हुन्। अर्का ओपनर अर्मित सिंहले आउट हुनुअघि तीन चौका र दुई छक्काको सहयोगमा ३० रन बनाएका थिए।

६४ रनको साझेदारी गर्दै पहिलो विकेटका रुपमा हरमितलाई कियोन जोशेपले रोहित पौडेलको हातबाट क्याच गराएका थिए। कप्तान एक ओभर बलिङ गरेका कप्तान पौडेलले मिलान्थालाई दशौं ओभरको तेस्रो बलमा नन्दन यादवको हातबाट क्याटआउट गराएका थिए।

तेस्रो नम्बरमा मैदान पसेका कुशल भुर्तेल तेस्रो बलमै डगआउट फर्किए भने कप्तान दिपेन्द्र सिंह ऐरीले चाहिँ २० रन मात्र बनाउन सके। लुम्बिनीलाई रन चाहिएका अवस्थामा मैदान पसेका ऐरीलाई राज नन्ननले गैरवान्स शर्माको हातबाट क्याचआउट गराएका थिए।

यता १८ रन बनाएका इशान पाण्डेलाई भने नन्नले बोल्ड आउट गराए। त्यसपछि लुम्बिनी अलस्टार्स निकै कमजोर बनिसकेको थियो। १६ ओभर दुई बलमा इशान, १७ ओभर एक बलमा बिपुल शर्मा, त्यहि ओभरको अन्तिम बलमा गुल्सन झाका साथै १८ ओभर एक बलमा शाड्ली भान स्चलवक पनि आउट भएका थिए। उनीहरुले क्रमशः १८, ५, ३ र १ रन बनाएका थिए। यससँगै लुम्बिनीले लगातार सात बलमा तीन विकेट गुमाउन पुगेको थियो। अन्तिममा नन्दन यादव र अनिल शाह रनआउट बन्न पुगे। त्यसअघि अनिलले चार बलमा ८ रन बनाएका थिए।

Metro Mart

यससँगै लुम्बिनीले कमजोर सावित भयो र १३४ रन मात्र बनाउन सक्यो। कसिलो बलिङ गरेको विराटनगरका नन्दन र राजले समान दुईदुई विकेट लिए भने हुसैन तलात, जोशेप, सूर्य तामाङ र रोहितले समान एकएक विकेट लिएका थिए।

प्रकाशित: Jan 11, 2023| 14:02 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।