मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती

प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ।

National life

विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ। प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो।

‘विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ। जसकारण ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा लोड कटौती गरेका छौँ’, प्रवक्ता भट्टराईले भने। प्राधिकरणले ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत् आपूर्ति भइरहेको उनको भनाइ छ।

ठूला उद्योगमा साँझ र बिहानको समय गरेर करिब आठदेखि नौ घण्टा विद्युत् कटौती गर्नुपरेको पनि भट्टराईले जानकारी दिए। ‘अहिले ८० देखि एक सय मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको पिकआवरको लोड काट्नु परेको हो। भारतीय पक्षले मर्मतसम्भारका लागि अझै तीन/चार दिन लाग्छ भनेको छ’, उनले भने।

प्राधिकरणका अनुसार अहिले नेपालको कूल विद्युत् माग करिब ३१ हजार एक सय ७७ मेगावाट घण्टा बराबर छ। उक्त माग पूर्ति गर्नका लागि विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत करिब ११ हजार मेगावाट घण्टा र निजी क्षेत्रबाट १० हजार चार सय मेगावाट घण्टा बिजुली आपूर्ति भइरहेको छ। त्यस्तै, अहिले नौ हजार दुई सय ७४ मेगावाट घण्टा बिजुली भारतबाट आयात भइरहेको छ। 

प्रकाशित: Jan 10, 2023| 21:14 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।