आइतबार, साउन १०, २०८३

सिट संख्या तोकेपछि मात्रै भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सोसरहका कक्षा सञ्चालन गरिरहेका कलेजलाई आयोगको अनुमतिबिना भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको हो।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट संख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन दिएको छ। 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फका प्रवीणता प्रमाणपत्र तह वा सोसरहका कक्षा सञ्चालन गरिरहेका कलेजलाई आयोगको अनुमतिबिना भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो।

आयोगका सदस्यसचिव डा. भोजराज शर्मा काफ्ले केही कलेजलाई कार्यक्रमगत रुपमा सिट निर्धारण नगरी भर्ना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिइएको बताए। आयोगले कुनै पनि शैक्षिक संस्थाले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ अनुसार आयोगबाट कार्यक्रमगत रुपमा सिट निर्धारण भएका शैक्षिक संस्थाका लागि मात्र उक्त ऐनको दफा १६ (५) को (ग) अनुसार आयोगको समन्वय परिषद्ले प्रवेश परीक्षा लिई सोको योग्यताक्रममा रहेका उम्मेदवारलाई मात्र भर्ना गर्नुपर्ने जनाएको छ। 

‘चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तह वा सो सरहका कार्यक्रमको आयोगबाट संस्थागत कार्यक्रमगत रुपमा सिट निर्धारण नभई विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको छ’, उनले भने, ‘रित नपुर्‍याई संस्था तथा कार्यक्रममा विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाए वा विद्यार्थी भर्ना गरे त्यस्ता विद्यार्थीलाई आयोगले मान्यता नदिने र सम्बन्धित संस्थासमेत दर्ता गरिने छैन।’ उनले आयोगबाट सिट संख्या निर्धारण भएका शिक्षण संस्था तथा कार्यक्रम यकिन गरेर मात्र भर्ना गराउन कलेजलाई आग्रह गरिएको बताए।

प्रकाशित: Jan 10, 2023| 16:18 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्