मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने तयारी

विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ। विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- सवारीसाधन व्यवस्थापनका लागि सडक विभागले उपत्यकाका थप ४० स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ। यसका लागि विभागले ती स्थानमा ट्राफिक बत्ती आवश्यक हो वा होइन भन्ने अध्ययन गरिरहेको जनाएको छ।

National life

विभागले ट्राफिक चापका आधारमा बत्ती जडानको निर्णय गर्नेछ। विभागका अनुसार हालसम्म उपत्यकामा ५६ स्थानमा ट्राफिक बत्ती जडान भएका छन्। जसमा ४९ स्थानमा सडक विभाग र बाँकी सात स्थानमा स्थानी तह तथा विभिन्न सङ्घ संस्थाले बत्ती जडान गरेका हुन्।

उपत्यकाका सडक विभागसँगै स्थानीय तह र वडा कार्यालयले पनि आवश्यकताका अनुसार ट्राफिक बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बेलबहादुर भुजेलले बताए।

उनले चालु आर्थिक वर्षमा कलङ्की, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँदोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको जानकारी दिए। विभागले बत्ती जडान गरे पनि सञ्चालन भने ट्राफिक कार्यालयले गर्दै आएको छ।

‘ललितपुर महानगरलगायतका स्थानीय तहले आफैँ पनि ट्राफिक बत्ती जडान गरिरहेका छन्’, उनले भने,‘कतिपय स्थानमा बत्ती जडान गर्दा समन्वय हुनुपर्ने भए पनि नभएको पाइएको छ।’ उनले फरक-फरक निकायबाट जडान भएका बत्तीको प्रविधिमा एकरुपता नभएकाले एकरुपता ल्याउने गरी काम अघि बढाइएको बताए।

‘यसका लागि वान डोर सिस्टम लागू गराउन प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘अगामी दिनमा ‘एडप्टिभ ट्राफिक कन्ट्रोल’ प्रविधि जडान गरिनेछ।’ उनले सुरुमा बढी चाप हुने स्थानमा बत्ती जडान गरेपछि अन्य स्थानमा जडान गरिने बताए। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भएको भक्तपुरको कोटेश्वर सूर्यविनायक सडकमाा जाइकाले नै बत्ती जडान गरेका थियो। हाल उक्त सडक खण्डमा रहेका पाँच वटा बत्तीले काम गरिरहेको विभागको भनाइ छ।

प्रकाशित: Jan 09, 2023| 20:00 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।