मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, चार नेपालीको मृत्यु

गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, चार नेपालीको मृत्यु

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

National life

धनगढी- भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ। प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको बसमा यात्रारत टीकापुरका स्थानीय स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ र उनीहरुको परिचय खुलेको छैन।

बसमा सवार अन्य केही घाइते भएका छन्। बसमा ६६ जना यात्रु रहेको खबर आएको छ। लखनउदेखि ३० किलोमिटर अगाडी बस दुर्घटना भएको हो। उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको साउदले बताए। 

बसको नम्बर खुल्न सकेको छैन। टीकापुरबाट भारतको गुजरात, सुरत लगायतका क्षेत्रबाट नेपालीहरूलाई ओहोरदोहोर गर्न भारतीय बसहरु सञ्चालन हुने गरेका छन्। 

प्रकाशित: Jan 09, 2023| 10:19 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।