शुक्रबार, फागुन २९, २०८२

पुदिनाका फाइदै फाइदा- छालाको चमकदेखि तौल घटाउनेसम्म

यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ। आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौं- नेपालको मध्यपहाडी भेगमा पुदिना प्रशस्त पाइन्छ। विशेषगरी ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ। चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ।

National life

यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ। आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ।

थुप्रै आयुर्वेदेक औषधिमा पनि पुदिनाको प्रयोग गरिएको हुन्छ। पुदिना बहुउपयोगी जडिबुटी हो। यसका केही फाइदाहरूः

१. पुदिनाले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउन, थकान घटाउनेलगायत काम गर्छ।

२. पुदिना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ। यसले छालामा चमक ल्याउने, सफा राख्न मद्धत गर्ने, डन्डिफोर आउन नदिने काम गर्छ।

Laxmi sunrise bank
kumari

३. बान्ता हुने तथा टाउको दुखाइको समस्या समाधान पनि गर्छ।

४. पुदिनाले नाक, घाँटी, स्वासनली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्र्र्रस्वासलाई सहज बनाउन मद्धत गर्छ। पुदिनाले खोकी कम गर्न पनि सहयोग गर्छ।

५. दमका बिरामीलाई पनि पुदिना लाभदायक मानिन्छ।

६. पुदिनाको प्रयोग तौल नियन्त्रका लागि उपयोगी छ। यसले आलस्यता पनि हटाउँछ।

७. पुदिनाले जिब्रो र दाँत पनि सफा राख्न, कपालाई झर्नबाट रोक्न पनि मद्धत गर्छ।

स्रोतः फूड डट एनडीटिभी डटकम

प्रकाशित: Jan 09, 2023| 06:00 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्