बिहीबार, वैशाख २४, २०८३

कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

काठमाडौं- पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।

National life

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ। उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


प्रकाशित: Jan 08, 2023| 20:05 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।