बिहीबार, वैशाख २४, २०८३

प्रतीक्षालयबाट लडेर सल्यानमा एक जनाको मृत्यु

प्रतीक्षालयबाट लडेर शारदा नगरपालिका–३ पौवाबारीस्थित खडगदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी ५३ वर्षीय तीर्थबहादुर सेजवालको मृत्यु भएको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

सल्यान- प्रतीक्षालयबाट लडेर शारदा नगरपालिका–३ पौवाबारीस्थित खडगदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी ५३ वर्षीय तीर्थबहादुर सेजवालको मृत्यु भएको छ।

National life

सिरुबारमा घर भएका उनी घर नजिकैको शिवपार्वती मन्दिर परिसरमा निर्माण गरेको प्रतीक्षालयबाट लडेका थिए। प्रतीक्षालयबाट लडेर करिब ५ मिटर तल खस्दा टाउकोमा गहिरो चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

लडेर मृत्यु भएका सेजवालबारे स्थानीय तथा आफन्तले आइतबार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। लडेर मृत्यु भएका सेजवालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको छ।

शिवपार्वती मन्दिरमा भक्तजनहरू आउने भएकाले उनीहरूलाई विश्राम गर्नका लागि मन्दिर परिसरमा दुई वर्षअघि प्रतीक्षालय निर्माण गरिएको थियो।

प्रकाशित: Jan 08, 2023| 10:10 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।