बिहीबार, वैशाख २४, २०८३

सेतीमा बगेर एक जनाको मृत्यु

डोटीको दिपायलमा सेती नदीमा बगेर एकजनाको ज्यान गएको छ।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

National life

दिपायल-  डोटीको दिपायलमा सेती नदीमा बगेर एकजनाको ज्यान गएको छ।

नदीमा बगेर दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका वर्ष ३३ का तेज कामीको ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रनानी रुपसिंह थापाले जानकारी दिए। 

आज दिउँसो नुहाउने क्रममा कामी नदीमा बगेका हुन्। बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलको टोली घटनास्थलमा पुगी उद्धार गरे पनि पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।

प्रकाशित: Jan 08, 2023| 08:45 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।