बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपी र मदनभण्डारी राजमार्गको संगममा सुविधायुक्त बसपार्क निर्माण

विपी र मदनभण्डारी राजमार्गको संगममा सुविधायुक्त बसपार्क निर्माण

निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं- सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानमा सुविधायुक्त बसपार्क निर्माण गरिएको छ। निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।

National life

‘बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका छौँ’, उनले भने।

बागमती प्रदेशको सहयोगमा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का प्रक्रियामार्फत बसपार्कको निर्माण कार्य अगाडि बढाइएको थियो। बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्याङ्गर, यात्रु प्रतीक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ।

एक सय ५० सवारीसाधन अटाउन सक्ने क्षमताको बसपार्क निर्माण गरिएको उनले बताए। आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन्।

बीपी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गको सङ्गम भीमानमा बसपार्कको आवश्यकता रहेकाले यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरेको हो।

कार्यालय प्रमुख घिमिरेका अनुसार आव २०७७/७८ मा प्रदेश सरकारले एक करोड बजेट उपलब्ध गराएकामा रु ९८ लाख ९६ हजार २७ को निर्माण कार्य भएको थियो। आव २०७८/७९ मा रु तीन करोड ३० लाख रकम आएकामा रु तीन करोड १७ लाख ७२ हजार चार सय ६८ को निर्माण कार्य गरिएको थियो।

आव २०७९/८० मा रु ३० लाख बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने छ। उक्त रकमले बसपार्कमा बगैँचा बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र चौबिसै घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ती जडान गरिने लगायतका छुटेका निर्माण कार्य सक्ने योजना रहेको उनको भनाइ छ।

प्रकाशित: Jan 07, 2023| 18:30 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।