बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक : भट्ट

मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक : भट्ट

सेती प्रादेशीक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुसल समन्वयलेमात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन्।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं- सेती प्रादेशीक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुसल समन्वयलेमात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति डडेलधुराको पाँचौं अधिवेशनको सफलताको शुभकामना दिँदै विशिष्ट अतिथि रहेका भट्टले मुलुकमा नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए।

National life

'राजनीति र कर्मचारीबीच नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ। राजनीति गर्ने व्यक्तिहरूले नीति तथा कार्यक्रम बनाउँदा त्यसको सफल कार्यान्वयन गर्ने भनेको स्थायी सरकारका रूपमा रहेका कर्मचारीले नै हो। त्यसैले नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा कर्मचारीको उच्च भूमिका हुन्छ,' भट्टले भने। यसका साथै कर्मचारीले नेताहरू र नेताहरूले कर्मचारीलाई सहयोग गर्नुपर्ने बताए।

पछिल्लो समय नेपाली राजनीतिमा युवा उपस्थिति राम्रो रहेको बताउँदै उनले त्यो सकारात्मक कुरा भएको बताए। 'अहिलेका युवा प्रविधिमैत्री छन्। खुला स्वभावका छन्। उनीहरूलाई कर्मचारीले पनि सहयोग गर्नुपर्छ,' उनले भने।

सरकारले कर्मचारीहरूको मनोभाव बुझेर उनीहरूलाई प्रेरित हुने खालका कार्यक्रम ल्याउनुपर्ने धारणासमेत उनले राखेका छन्। उनले सेती प्रादेशीक अस्पतालमा सदस्यका हैसियतले आफूले काम गर्दा कर्मचारीसँगको समन्वयका काम गर्दा प्रभावकारी हुनेगरेको पाएको अनुभव सुनाए।

संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् प्रदेश इन्चार्ज बलदेव कापडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डडेलधुरा अध्यक्षा महावीर साकीर, सल्लाहकार देवराज जोशीले पनि आफ्नो धारणा राखेका थिए।

प्रकाशित: Jan 07, 2023| 14:33 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।