बिहीबार, वैशाख २४, २०८३

स्ववियु चुनावको मिति चैत ५ गतेका लागि निर्धारण

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ। बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले जानकारी दिए। उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ।

National life

समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ। यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु चुनाव गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो। सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले मिति तय गरेको हो। 

त्रिविले स्ववियु चुनावका बारेमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डिन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो।

त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु चुनाव हुन सकेको छैन। हरेक दुई/दुई वर्षमा हुने चुनाव २०६५ सालयता नियमित हुन नसकेको हो।  २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो।

त्यतिबेला देशैभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु चुनाव भएको थियो। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। स्ववियु चुनावका लागि २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।

प्रकाशित: Jan 07, 2023| 07:57 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।