आइतबार, साउन ३, २०८३

एकै परिवारका सात जनाको हत्यापछि आत्महत्या

श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन्।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

लस एन्जलस- श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन्।

एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको शव फेला पारेका थिए। मारिनेमध्य एक चारवर्षीय बालक पनि थिए। मारिने सबैलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ। 

‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्यान लिएको थियो,’ सहरको एक विज्ञप्तिमा भनिएको छ।आक्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ।

मृत्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन्। सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए।

एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गोलीबारी भएको बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। - न्युज कारखाना

प्रकाशित: Jan 07, 2023| 07:30 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।